११ श्रावण २०८१, शुक्रबार

अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका र साविकको रतनपुर गाविसका १० जना अपाङ्गता भएका व्यक्तिलाई शनिबार नि:शुल्क सहायक सामग्री वितरण गरिएको छ ।
राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाजको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्रले धनगढी अपाङ्गता भएका १० जनालाई सहायक सामग्री वितरण गरेको जनाइएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई चार वटा ट्राई साइकल र छ ह्वीलचियर तथा दुई वैशाखी वितरण गरिएको थियो । आइएल सेन्टरका अध्यक्ष भीमबहादुर शाहले एउटा ट्राईसाईकलको मूल्य ६० हजार, ह्वीलचियरको ३० हजार र बैशाखीको दुई हजार रुपैयाँ मूल्य रहेको बताए ।
सो अवसरमा राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाजका सुमन भट्टराईले ती सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार