६ कार्तिक २०८१, मंगलवार

धनगढीमा जिउगर फाउण्डेशन



धनगढी । धनगढीमा शनिबार जिउगर फाउण्डेशन नेपालको कार्यालय उद्घाटन भएको छ । शनिबार एक समारोहबीच गैरसरकारी संस्था महासंघका कैलाली अध्यक्ष हेमकर्ण विकले संस्थाको कार्यालय उद्घाटन गरे ।
सो अवसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले निर्वाचनलाई स्वच्छ र धाँधलीरहित बनाउन युवा वर्ग, समाजसेवी, वुद्धिजीवी, नागरिक समाज लगायतको महत्त्वपूण भूमिकाबारे चर्चा गरे ।
कार्यक्रममा थारू कल्याणकारी सभाका पूर्व जिल्ला सभापति प्रभातकुमार चौधरी, थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरी, अधिवक्ता जोहारीलाल चौधरी, देवीलाल चौधरी, नाथुराम महतो, माधव चौधरी, ठाकुरप्रसाद करियाप्रधान, पत्रकार प्रेम चौधरी लगायत मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष रविना चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रामप्रसाद चौधरीले स्वागत गरेका थिए । कार्यक्रमका सञ्चालन संस्थाका सचिव राम दहितले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार