१२ श्रावण २०८१, शनिबार

डिसिए अन्तरविद्यालय क्रिकेट : एक्सीस र सिद्धार्थ लीग चरणमा



धनगढी । धनगढीमा जारी डिसिए अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा एक्सीस विद्याश्रम र सिद्धार्थ शिशु सदन लिग चरणमा प्रवेश गरेका छन् ।
एक्सीसले ग्यालेक्सीलाई र सिद्धार्थले सैनिक आवासीय महाविद्यालयलाई हराएर लीग चरणमा प्रवेश गरे ।
शनिबार भएको पहिलो खेलमा एक्सीसले ग्यालेक्सी उमाविलाई एक विकेटले हरायो ।
टस जितेर पहिले व्याटिङ गरेको ग्यालेक्सीले १६ औं ओभरमा ६३ रनमा अलआउट भयो । ग्यालेक्सीका लागि सौरव चौधरीले १३ रन वनाए ।
बलिङतर्फ एक्सीसका कवीन्द्र शाहले ६ विकेट लिए ।
६४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको एक्सीसले १३ दशमलव चार ओभरमा नौ विकेट क्षतिमा लक्ष्य पुरा गर्‍यो । एक्सीसका कवीन्द्र शाहले १५ र अजय नागरीले ११ रन बनाए । ग्यालेक्सीका देवेन्द्र बोहराले तीन तथा खेम खड्का र रोशन खड्काले दुई/दुई विकेट लिए ।
शनिबार नै भएको दोस्रो खेलमा सिद्धार्थ शिशु सदनले सैनिक आवासीय महाविद्यालयलाई १६ रनले हरायो ।
टस जितेर पहिले व्याटिङ गरेको सिद्धार्थले २० ओभरमा सवै विकेट गुमाएर एक सय १४ रन वनायो । सिद्धार्थका कलेन्द्र ओलीले ३७ रन बनाए ।
प्रतिउत्तरमा सैनिक आवासीय १८ औं ओभरमा ९८ रनमा अलआउट भयो । सैनिक आवासीयका लोकेन्द्र विष्टले १८ र निशेष भण्डारीले १३ रन बनाए ।
सिद्धार्थका रितेश परियार र विवेक चन्दले ३/३ विकेट लिए । खेलका म्यान अफ द म्याच रितेश परियार बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार