१४ जेष्ठ २०८०, आईतवार

पथरैयाको थप एक वडा खुला दिसामुक्त घोषणा



जानकी । कैलालीको साविक पथरैया गाविसको वडा नम्बर ९ लाई शनिबार खुला दिसामुक्त घोषणा गरिएको छ । यस सहित साविक पथरैयाका पाँच वटा वडा खुला दिसामुक्त घोषणा भइसकेका छन् ।
पाँच सय ४१ घरघुरी रहेको सो वडामा सबैले शौचालय निर्माण गरेर प्रयोगमा ल्याएपछि वडालाई खुला दिसामुक्त घोषणा गरिएको गाविसस्तरीय सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक तथा वडा सचिव नारदानन्द उपाध्यायले बताए ।
सो वडामा रहेका सबै विद्यालय तथा सार्वजनिक संस्थाहरूले पनि शौचालय निर्माण गरी प्रयोगमा ल्याइसकेको जनाइएको छ ।
वडा नागरिक मञ्चका संयोजक जयसरा रावलको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा वडा सचिव नारदानन्द उपाध्याय, पथरैया स्वास्थ्य चौकी इञ्चार्ज मीन विक, नेपाली कंग्रेसका जयराज न्यौपाने, नेकपा (एमाले)का खकेन्द्र भण्डारी, वडा नगरिक मञ्चका संयोजक नेत्रप्रसाद जैसी, जनक थापा, महिला स्वास्थ्य स्वयंसेविका गंगा कुँवर थापा, भीमबहादुर शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नागरिक सचेतना केन्द्रकी संयोजक सुनकोशा सार्कीले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन वडा नागरिक मञ्चका उपसंयोजक रतन साउँदले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्