१२ श्रावण २०८१, शनिबार

काँग्रेसको टीकापुरमा घरदैलो कार्यक्रम जारी



टीकापुर । नेपाली कांग्रेसले टीकापुर नगरपालिकामा घरदैलो कार्यक्रम तीब्र बनाएको छ । सो क्रममा शुक्रबार टीकापुर नगरपालिका वडा नम्बर–२ का विभिन्न स्थानमा घरदैलौ कार्यक्रम भएको छ ।
कांग्रेसबाट टीकापुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदका उम्मेदवार गणेशबहादुर खड्का, महिला सदस्य मीना ठकुल्ला, दलित महिला सदस्य पद्मा लोहार, सदस्य सीताराम चौधरी र अरुण ठकुल्ला, वडा नम्बर–२ का सभापति नरबहादुर ठकुल्ला, खम्म ठकुल्ला, नगर सचिव जवालसिंह तिरुवा, टेकबहादुर रावल, बाबुराम रावत, भीमबहादुर सेठ्टी लगायतका नेता तथा कार्यकताहरू घरदैलो कार्यक्रममा सहभागी रहेका थिए ।
त्यस्तै, टीकापुर नगरपालिका वडा नम्बर २ मा पर्ने लम्कीपुलको पश्चिमी भाग र बन्दीपुरमा पनि घरदैलो कार्यक्रम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार