१६ श्रावण २०७८, शनिबार

एमालेको चुनावी प्रचारप्रसार



टीकापुर । टीकापुर नगरपालिकाकाको प्रमुख, उपप्रमुख लगायतका पदका उम्मेदवारहरूले चुनावी प्रचारप्रचारका क्रममा नगरलाई पर्यटकीय क्षेत्र बनाउने आश्वासन दिएका छन् ।
एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार तपेन्द्र रावल र उपप्रमुखका उम्मेदवार कमला केसीले टिकापुर पार्क, डल्फिन क्षेत्र, र्‍याफटिङ लगायतको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनीहरूले टीकापुर पार्कको विकासका लागि गुरुयोजना बनाइने बताए । त्यस्तै, डल्फिन क्षेत्रमा होम–स्टे पर्यटन प्रवद्र्धन गरिने बताए ।
उनीहरूले टीकापुर विमानस्थल सञ्चालनका लागि पनि प्रयास गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्