१२ श्रावण २०८१, शनिबार

स्वच्छ निर्वाचनका लागि नागरिक समाजको भूमिका बढाउनुपर्ने



कञ्चनपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले निर्वाचनलाई स्वच्छ र व्यवस्थित गर्न नागरिक समाजको भूमिका बढाउनुपर्ने बताएका छन् ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा शुक्रबार महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्याकुरेलले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभएर नागरिक अगुवा, नागरिक समाज र राजनीतिक दलहरू पनि भएको दोहोर्‍याए ।
उनले पहिलो चरणको निर्वाचनमा ५४ प्रतिशत जनजातिले जितेको चर्चा गरे ।
कार्यक्रममा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सहअध्यक्ष ईन्द्रप्रसाद अर्यालले निर्वाचन स्वच्छ र भयरहित वनाउनमा सवैले चनाखो भएर लाग्नु पर्ने वताए ।
कार्यक्रममा कानुन व्यवसायी, द्वन्द्व पीडित, एकल महिला तथा अपाङ्गताको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार