१९ भाद्र २०८१, बुधबार

डिसिए अन्तरविद्यालय क्रिकेट : ग्ली एकेडेमी ब्रोडभिजन लिग चरणमा



धनगढी । धनगढीमा जारी डिसिए अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा ग्ली एकेमेडी र ब्रोडभिजन स्कुल लिग चरणमा प्रवेश गरेका छन् ।
बिहीबार भएका खेलमा विजयी हँुदै दुवै टिम अन्तिम आठमा प्रवेश गरे ।
पहिलो खेलमा ग्लीले क्यास्पिय एकेडेमीलाई २५ रनले हरायो । टस हारेर व्याटिङको निम्तो पाएको ग्ली एकेडेमीले निर्धारित २० ओभरमा नौ विकेट क्षतिमा एक सय छ रन बनायो । ग्ली एकेडेमीका रोहन विष्टले २८ र निराजन रानाले १७ रन बनाए । क्यास्पियनका रौनक भण्डारीले दुई विकेट लिए ।
एक सय सात रनको लक्ष्यसहित ब्याटिङ गर्न ओर्लेको क्यास्पियन १६ ओभरमा सबै विकेट गुमाएर ८१ रनमा समेटियो । क्यास्पियनका प्रकाश पाठक, रौनक भण्डारी र युक्रेन चन्दले १४/१४ रन बनाए ।
ग्ली एकेडेमीका पदम बोहराले तीन तथा रोहन विष्ट र राजु कुँवरले दुई/दुई विकेट लिए । खेलमा ग्ली एकेडेमीका रोहन विष्ट म्यान अफ द म्याच भए ।
अर्को खेलमा ब्रोडभिजनले ज्योती स्कुललाई छ विकेटले पराजीत गर्‍यो । टस जितेर व्याटिङ गरेको ज्योतीले दशौं ओभरमा सबै विकेट गुमाएर ३८ रनमा खुम्चियो । ज्योतिका कोही पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
ज्योतिलाई सस्तैमा समेट्ने क्रममा ब्रोडभिजनका थानेश्वर बलायरले दुई ओभर चार बलमा पाँच रन दिँदै चार विकेट लिए भने सन्दीप कार्कीले दुई विकेट लिए ।
३९ रनको सानो लक्ष्य सहित मैदान उत्रिएको ब्रोडभिजनले १३ औं ओभरमा चार विकेट गुमाएर लक्ष्य भेटायो । ब्रोडभिजनका थानेश्वर बलायर म्यान अफ द म्याच भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार