११ श्रावण २०८१, शुक्रबार

मैनवत्ती तथा अगरवत्ती तालिम



सुखड । एकल तथा अपाङ्गता भएका महिलाहरूका लागि घोडाघोडीमा बिहीबारदेखि मैनबत्ती तथा अगरबत्ती उत्पादन तालिम शुरु भएको छ ।
बातावरण संरक्षण तथा विकासशील समाजको आयोजना तथा घोडाघोडी नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिम १० दिनसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको घोडाघोडी नगरपालिका अधिकृत राजुप्रसाद न्यौपानेले उद्घाटन गरेका थिए ।
संस्थाका अध्यक्ष सुनिलराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नरहरि रिजाल, एमालेका खेमराज जोशी, माओवादी केन्द्रका जयदत्त पाण्डे, पत्रकार चाँदनी आचार्य लगायतले धारणा व्यक्त गरेका थिए ।
तालिममा १५ जनाको सहभागिता रहेको संस्थाका सचिव टेकराज आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार