२१ भाद्र २०८१, शुक्रबार

एमालेको टीकापुर नगरका प्रतिवद्धता सार्वजनिक



टीकापुर । नेकपा (एमाले) टीकापुरले १३ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी विजयी भएमा उसले पाँच वर्षभित्र गर्न सक्ने कामलाई प्रतिवद्धताका रूपमा मतदातासामू पेश गरेको छ । नेकपा (एमाले) का वैकल्पिक केन्द्रीय सदस्य झपट रावल र जिल्ला अध्यक्ष दीर्घ सोडारीले बिहीबार टीकापुरमा एक कार्यक्रमकाबीच प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
एमालेले टीकापुर नगरपालिकामा प्रमुखमा तपेन्द्र रावल र उपप्रमुखमा कमला केसीलाई उम्मेदवार उठाएको छ । प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा नयाँशक्ति नेपालको युवा संगठनका जिल्ला उपाध्यक्ष मख्खन रावलसहितका ४२ जना एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टीका वैकल्पिक केन्द्रीय सदस्य झपट रावलले टीका लगाउँदै राष्ट्रिय स्वभिमान र संवृद्ध नगर बनाउन युवाहरूलाई आग्रह गरे ।

  • टीकापुर नगरपालिकाका सबै वडालाई जोड्ने गरी बाहिरी चक्रपथ निर्माण,
  • खक्रौला नाकालाई ६ र ७ नम्बर प्रदेशको मुख्य व्यापारिक नाका बनाइने,
  • वाटर ट्रिटमेन्ट सहितको ल्याण्डफिल साइट प्लाष्टिक मुक्त शहर,
  • मुक्त कमैया, सुकुम्वासी, बाढी पीडितलाई आवासको व्यवस्था, टीकापुरभित्रै रोजगारीको अवसर,
  • महिला हिंसा मुक्त शहर, असहाय बालबालिकाहरुको शिक्षा र स्याहारका लागि आवासीय शिक्षा,
  • विभिन्न स्थानमा खेलकुद मैदान तथा स्पोर्टस एकाडेमीको स्थापना,
  • टीकापुर विमानस्थलको स्तरोन्नति,
  • थारु, दलित, राजी, वादी र जेहेन्दार जनजाति बालबालिकाहरुलाई उच्च शिक्षाका लागि छात्रवृत्ति,
  • कृषि क्याम्पस, पोलिटेक्निक इन्ष्टिच्यूटमा स्नात्तकोत्तर, अस्पताललाई मेडिकल कलेज, योग नगरी,
  • भूमि व्यवस्थापन आवासीय र कृषि क्षेत्रमा विभाजन गरी जग्गाको खण्डीकणलाई रोक्ने,
  • भ्रष्टाचार शून्य नगरपालिका, जवाफदेहिताका लागि गुनासा सुन्ने र यथाशीध्र समाधान गर्ने प्रणाली,
  • छिमेकी मुलकका शहरसंग भगीनी सम्बन्ध स्थापना गर्ने ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार