१२ श्रावण २०८१, शनिबार

जोशीपुर दोस्रो पूर्ण खोप घोषणा



धनगढी । कैलालीको जोशीपुर पूर्ण खोपयुक्त घोषणा भएको छ । बुधबार एक समारोहबीच जोशीपुर गाउपालिका वडा नम्बर १, २, ३, ४ र ६ (साविक जोशीपुर गाविस) लाई पुर्ण खोप घोषणा गरियो । यससंगै जोशीपुर जिल्लामा दोस्रो पूर्ण खोप गाउँपालिका बनेको छ ।
साविक जोशीपुर गाविसमा १२ देखि २३ महिना उमेर समुहका दुई सय ४९ बालबालिकाले ११ प्रकारको खोप प्राप्त गरेपछि कैलालीका बरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरि पूर्ण खोप घोषणा गरे ।
कार्यक्रममा जोशीपुर गाउँपालिकाका कार्यकारी अधिकृत धर्मानन्द भट्टले घोषणा पछि खोपबाट कोही पनि बालबालिका वञ्चित हुन नदिन स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे ।
प्राथमिक स्वास्थ्य केन्द्र जोशीपुर व्यवस्थापन समिति अध्यक्ष विश्वनाथप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डाक्टर रूपेश तिमिल्सेना, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य रुदन कुश्मी, सुआहाराकी मिना चौधरी, महिला स्वयंसेविका दुर्गा चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्रका ईञ्चार्ज डाक्टर सञ्जयकुमार जैश्वालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सिनियर अहेव शिवप्रसाद चौधरीले गरेका थिए ।
कार्यक्रममा आमा समूह, महिला स्वास्थ्य स्वयम्सेविका, भलमन्सा, नागरिक वडा मञ्चका संयोजक लगायतलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार