१२ श्रावण २०८१, शनिबार

दोस्रो चरणको चुनाव असार ९ गतेलाई सर्‍याे



काठमाडौं । सरकारले राष्ट्रिय जनता पार्टीलाई चुनाव सहभागी गराउनका लागि दोस्रो चरणको चुनाव ९ दिन सार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सोमबार स्थानीय तह निर्वाचन सम्बन्धी ऐनको दर्ता सम्बन्धी ब्यवस्थामा संशोधनको प्रकृया पनि अघि बढाएको छ ।
‘राजपालाईसमेत सहभागी गराएर चुनाव गर्नका लागि सरकारले दोस्रो चरणको चुनाव असार ९ गतेलाई सारेको हो’ गरिवीनिवारण तथा सहकारी मन्त्री ह्दयराम थानीले कान्तिपुरसंग भने, ‘यसका लागि दल दर्ता सम्बन्धी कानुनको संशोधन प्रकृयासमेत अघि बढाउने निर्णय भएको छ ।’
आन्दोलनमा रहेका छ मधेस केन्द्रत दलहरुको एकीकरणपछि राजपा बनेको हो । यसअघि स्थानीय तहको चुनावको बिरुद्धमा आन्दोलनरत उक्त दलले अनौपचारिक छलफलहरुमा आफुहरुलाई चुनावमा सहभागी हुनका लागि दल दर्ता र चुवा चिह्न आवश्यक भएको बताएपछि उनीहरुलाई समेट्न कानुन संशोधनको प्रकृयामा सरकार गएको हो ।
सरकारले स्थानीय तह निर्वाचन सम्बन्धी ऐनको दल दर्ता सम्बन्धी ऐनमा संशोधन गरेर एकीकरण भएको दललाई पनि दर्ता हुनका लागि समय दिने रणनीति बनाएको हो ।
यसअघि निर्वाचन आयोगले भने मतपत्रहरु छापिसकेका कारण नयाँ दललाई चुनाव चिन्ह दिन नसकिने बताइसकेको छ । यस्तो अवस्थामा कानुन संशोधन गरेर राजपालाई दल दर्ताको मौका दिएपनि चुनाव चिह्न भने पुरानै छ मध्ये एक दलको लिने मौका दिइने संभावना रहेको बताइएको छ ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार