१२ श्रावण २०८१, शनिबार

गणतन्त्र दिवसका अवसरमा नगर सरसफाई



धनगढी । तीन दिनसम्म गणतन्त्र दिवस मनाउने क्रममा आइतबार धनगढी उपमहानगरपालिकामा सरसफाई कार्यक्रम गरिएको छ ।
गणतन्त्र दिवस मुल आयोजक समारोह समितिले धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराहदेखि जिल्ला प्रशासन कार्यालयसम्मको सडकको दायाबाँया सरसफाई गरेका थिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी केशवप्रसाद विमली, जिल्लाका राजनीतिक दल, सरकारी कर्मचारी, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।
गाण्तन्त्र दिवस आइतबारदेखि तीन दिनसम्म विभिन्न कार्यक्रमसहित धुमधामसंग मनाउने निर्णयअनुसार कार्यक्रम गरिएको कैलालीका स्थानीय विकास अधिकारी विमलीले बताए ।
२०६२/०६३ को जनआन्दोलनको जगमा निर्वाचनद्वारा गठित संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संंघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यससंगै झण्डै अढाई सय वर्ष पुरानो राजतन्त्र समाप्त भएको थियो ।
सशस्त्र युद्धमा रहेको तत्कालीन माओवादी र संसदवादी सात दलबीच भएको १२ बुँदे सहमतिपछि नेपालमा निरंकुशताको समाप्ती, माओवादी सशस्त्र युद्धको अन्त्य र माओवादीको मुल राजनीतिक प्रवाहमा समाहित, बृहत् शान्ति प्रक्रियाको शुरुवातदेखि बिघठित संसदको पुस्र्थापनादेखि संविधान सभाबाट निकासको प्रक्रियाले मूर्तरुप पाएको थियो ।
गणतन्त्र दिवसका सन्दर्भमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा घोषित कार्यक्रमअनुसार आज बिहान धनगढीमा र्‍याली निकालिने र गणतन्त्र दिवसको महत्त्वबारे कार्यक्रम गर्ने स्थानीय विकास अधिकारी विमलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार