३१ भाद्र २०८१, सोमबार

एमाले १,००९ मतले अगाडि : भरतपुर अपडेट



काठमाडौं । भरतपुर महानगरपालिकाको चुनावी परिणाम थप रोचक बन्दै गइरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवि ज्ञवाली १,००९ मतले अगाडि रहेका छन् ।
ज्ञवालीले ४०, १६७ मत पाएका छन् भने माओवादी केन्द्र–नेपाली कांग्रेस गठबन्धनकी रेणु दाहालले ३९,१५८ मत पाएकी छन् ।
अहिले वडा नं २१ को मत गणना भइरहेको छ । वडा नं २१ को कुल ३,५६८ मध्ये १,२०० मत गणना हुँदा मेयरमा एमालेका देवि ज्ञवालीले ४१७ मत पाएका छन् भने दाहालले ५५३ मत पाएकी छन् ।
वडा नं २१ बाट १,२०० मत गणना हुँदा दाहालले ज्ञवालीको भन्दा १३६ मत बढी पाएकी छन् । त्यस्तै वडा अध्यक्षमा भने नेपाली कांग्रेसको ५५६ एमालेको ३५७ र माओवादी केन्द्रको ११८ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार