२१ भाद्र २०८१, शुक्रबार

हिमाली टोलमा एमालेको चुनावी सभा



धनगढी । नेकपा (एमाले)ले धनगढी उप महानगरकापालिकास्थित वडा नं. १३ हिमाली टोलमा चुनावी सभा आयोजना गरेको छ । सो चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमाले धनगढी उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार दुर्गाप्रसाद जोशीले आफ्नो टीम निर्वाचित भएमा नगरवासीसाग गरिएका प्रतिवद्धता अनुसार काम पूरा गरेर देखाउने बताए ।
उनले नगरलाई शान्त, सुन्दर र सम्मुनत नगरीका रुपमा विकास गर्ने बताए । एमाले जनताको पार्टी भएकोले स्थानीय निर्वाचनमा जनअदालतले एमाले पार्टीलाई मतदान गरेर विजयी गराउने मेयरका उम्मेदवार जोशीले विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपमेयरकी उम्मेदवार रुक्मणी देवकोटा, एमाले नेताहरु नन्दलाल जोशी, दीपक देवकोटा, रणबहादुर चन्द, यज्ञराज बास्तोला, छाया थापा, मदन रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा केन्द्रिय सल्लाहकार सदस्य घनश्याम भट्टराई प्रमुख अतिथि रहेका थिए ।
यसै गरी धनगढी उपमहानगरपालिका १६ भादामा पनि चुनावी सभा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार