११ श्रावण २०८१, शुक्रबार

जलवायु परिवर्तनबारे गोष्ठी



पवेरा । कैलालीको कैलारी गाउँपालिकामा शुक्रबार वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी जनचेतनामूलक गोष्ठी शुरु भएको छ ।
वन वातावण पत्रकार समूहको आयोजना तथा नेपाल जलवायु परिवर्तन कार्यक्रमको सहयोगमा सञ्चालन भएको गोष्ठी आज (शनिबार) सम्म सञ्चालन हुने जनाइएको छ ।
कार्यक्रममा कैलारी गाउँपालिकाका कार्यकारी अधिकृत बलिराम चौधरीले जलवायु परिवर्तनको असर र न्यूनिकरणको लागि भइरहेका पहलबारे जानकारी दिए ।
कार्यक्रममा पत्रबार तपेन्द्र कँुवरले स्वागत गरेका थिए । भने रामशरण चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।
गोष्ठीमा पत्रकार तपेन्द्र कुुँवर, सीताराम ओझा र नृप सुनारले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार