१९ भाद्र २०८१, बुधबार

स्थानीय तहका उम्मेदवारका लागि कार्यक्रम



टीकापुर । ‘स्थानीय तह निर्वाचनको दोस्रो चरणका उम्मेदवारहरूका लागि शुभकामना तथा स्वस्थ समाज निर्माणमा हाम्रो प्रतिवद्धता’ कार्यक्रम शुक्रबार टीकापुरमा शुरु भएको छ ।
पतञ्जली योग नगर समिति टीकापुर तथा टीकापुर योगाश्रमको संयुक्त आयोजनामा गरिएको कार्यक्रम अन्तर्गत शुक्रबार राष्ट्रिय जनमोर्चाका तर्फबाट नगर प्रमुख र अन्य पदका उम्मेदवारहरूसंग प्रतिवद्धता लिने कार्यक्रम गरियो ।
पतञ्जली योग नगर समितिका अध्यक्ष बाशुदेव बजगाईंले बिदाको दिनबाहेक दैनिक फरक फरक पार्टीका उम्मेदवारहरूलाई टीकापुर योगाश्रममा आमन्त्रण गरेर शुभकामना दिने तथा योग विज्ञानका पक्षमा प्रतिवद्धता लिने कार्यक्रम गरिएको बताए ।
कार्यक्रम योग नगरसमितिका अध्यक्ष बजगाईको अध्यक्षतामा भएको थियो । भने कार्यक्रमको टीकापुर योगाश्रमका संस्थापक पृथ्वीराज रावल प्रमुख अतिथि रहेका थिए ।
टीकापुर योगाश्रमका अध्यक्ष मुक्तिनाथ रेग्मीले स्वागत गरेको कार्यक्रमको सञ्चालन योग नगर समितिका महामन्त्री छविलाल जैशीले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा पार्टीका नगर प्रमुखका उम्मेदवार दयाराम सञ्ज्याल र वडा नम्बर १ का उम्मेदवार धु्रवराज शाहले प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार