२१ बैशाख २०८१, शुक्रबार

कर्णाली नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता



टीकापुर । जानकी गाउँपालिका–६, जगतपुरस्थित कर्णाली नदी छेउमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् ।
बिहीबार कर्णाली नदीमा नुहाइरहेका उनीहरू डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
नदीमा नुहाउने क्रममा टीकापुर नगरपालिका–२, राजीपुरका पारस ठकुल्ला र टीकापुर–५, भगरैयाका १५ वर्षका राजन भण्डारी बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
वीरेन्द्र विद्या मन्दिरबाट पाँच जना र यूनाईटेड स्कुलका र दुई जना विद्यार्थीहरू गरी सात जनाको समूह नदीमा नुहाउन गएको थियो । बेपत्ता हुने दुवै जना वीरेन्द्र विद्यामन्दिर उच्च मावि टीकापुरमा अध्यायनरत विद्यार्थी हुन् । राजन कक्षा १० र पारस कक्षा ९ का विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार