११ श्रावण २०८१, शुक्रबार

नेकपा (एमाले) ले धनगढी उपमहानगरपालिकाका उम्मेदवारको घोषणा



धनगढी । नेकपा (एमाले) ले धनगढी उपमहानगरपालिकाका उम्मेदवारको घोषणा गरेको छ । पार्टीका तर्फबाट ३१ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
बुधबार एमाले जिल्ला पार्टी कार्यालय धनगढीमा भएको उम्मेदवार घोषणा कार्यक्रममा उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार दुर्गाप्रसाद जोशीले राष्ट्रियताका पक्षमा दृढ, सामाजिक न्याय र विकासको वकालत गर्ने पार्टी एमालेको एजेण्डा बोकेर जनचाहाना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । ७ नम्बर प्रदेशको मुख्य शत्रु गरिबीलाई परास्त गर्नपार्टीको घोषणा पत्र बोकेर जनतामा जादैछु । धनगढीलाई प्रविधि र औद्योगिक शहरको रुपमा विकास गर्नेछौं । राजनीतिलाई पवित्र जनसेवाको रुपमा गर्नेछु
उपप्रमुखका उम्मेदवार रुक्मणी देवकोटाले आफू समाजमा पछि परेको वर्ग, समुदाय, महिला, उद्यमीहरूलाई न्याय गर्ने पार्टी एमालेको उम्मेदवार बनेको बताइन ।
प्रदेश नम्बर ७ का सचिव दिनेशचन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष भीम रावलले उपमहानगरपालिकाका १९ वटै वडाका ९७ जना एमाले उम्मेदवारलाई चुनाव चिन्ह सूर्य अंकित झण्डा प्रदान गरेका थिए । धनगढी उपमहानगर संगठन कमिटि संयोजक तेजेन्द्र थापाले स्वागत गरेको कार्यक्रमको संचालन दिपकप्रसाद देवकोटाले गरेका थिए ।

 

मुख्य प्रतिवद्धताहरू

  • १५ वर्षे गुुरुयोजना, श्रोत खोजेर काम गर्ने
  • भूउपयोग नीतिसहितको व्यवस्थित, आधुनिक सुरक्षित धनगढी शहर
  • विशेष आर्थिक तथा औद्योगिक क्षेत्र र रोजगारी सृजना
  • गेटा विमानस्थल, सेती अंचल अस्पताल, कैलाली बहुमुखी क्याम्पसको स्तरोनन्ति
  • फूलवारी उर्मा क्षेत्रमा सडक सञ्जाल र कृषि विकास
  • राना, डगौरा थारुको संस्कृति संरक्षण र सिमान्तकृत समुदायको जिविकोपार्जन र सशक्तिकरणमा जोड
  • नदीनाला मिच्ने कार्यको अन्त्य र बृक्षारोपणबाट नियन्त्रण
  • शिवगंगा, उर्मा, फूलवारी सिचाई, खुटिया-दीपायल द्रुत मार्ग
  • जेष्ठ नागरिकलाई घरमै भत्ता र दिवा स्याहार केन्द्र
  • नया सरचना बालमैत्री, महिलामैत्री, अपाङ्गमैत्री, वडावडामा व्यायमशाला, युवा रोजगारीका लागि तालिम, अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान
  • आस्था अनुसार शव विसर्जन स्थल, सुविधा सम्पन्न बसपार्क
  • भ्रष्टाचारमुक्त, जवाफदेही प्रशासन
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार