१२ श्रावण २०८१, शनिबार

कैलाली बुहमुखी क्याम्पसमा मतगणना स्थगित



धनगढी । कैलाली बुहमुखी क्याम्पस धनगढीमा बुधबार भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ । तीन सय ४८ मत गणना गर्न बाँकी रहँदा नेविसंघका प्रतिनिधिले मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको हो ।
अनेरास्ववियूका अध्यक्षका उम्मेदवार चुडामणि भट्टले ६५६ मत पाएका छन् भने उनका नजिकका प्रतिस्पर्धी नेविसंघका अध्यक्षका उम्मेदवार गुरुदेव केसीले ४६५ मत प्राप्त गरेका छन् । कोषाध्यक्ष पद बाहेक अन्य पदमा अनेरास्ववियुले अग्रता लिएको छ ।
घटनाबारे मुख्य निर्वाचन अधिकृतसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । सुरक्षाकर्मीले दिएको जानकारी अनुसार अब के गर्ने भन्ने बारेमा छलफल भइरहेको जानकारी दिए ।
एक हजार नौ सय ३६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार