२१ भाद्र २०८१, शुक्रबार

नेपाली काँग्रेस उम्मेदवारको टुंगो लगाउँदै



धनगढी । जेठ ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीले उम्मेदवारहरूको टुंगो लगाउन थालेको छ ।
यस क्रममा जिल्लाका केही स्थानीय तहका लागि उम्मेदवारको टुंगो लागेको बताइएको छ । यद्यपि, उम्मेदवारको नामावली आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।
स्रोतका अनुसार टीकापुरका सबै वडाका अध्यक्ष पदका उम्मेदवारहरूको टुंगो लगाइएको छ । टीकापुर नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नमराज शाही, २ मा गणेशबहादुर खड्का, ३ मा अमर चौधरी, ४ मा कालुराम चौधरी र ५ को वडाध्यक्षमा भरतबहादुर साउदलाई उम्मेदवार चयन भएका छन् ।
त्यस्तै, वडा नम्बर ६ मा चिरञ्जीवी खनाल, ७ मा महन्त साउद, ८ मा शेरबहादुर साउँद र वडा नम्बर ९ मा विजय धामी वडाध्यक्षका उम्मेदवार छनोट भएका छन् ।
यसैगरी, जानकी गाउँपालिका (नगरपालिका) को वडा नम्बर १ मा पदमबहादुर बिष्ट, २ मा चक्रबहादुर बिष्ट, ३ मा झनकदत्त रेग्मी, ४ मा कमलप्रसाद कठरिया र वडा नम्बर ५ मा रविन्द्र चौधरीलाई वडाध्यक्षको उम्मेदवार चयन गरिएको छ ।
त्यस्तै, वडा नम्बर ६ मा झनकबहादुर विश्वकर्मा, ७ मा शम्भूदयाल चौधरी, ८ मा श्यामप्रसाद चौधरी र वडा नम्बर ९ को वडाध्यक्ष पदमा रबहादुर कुमालक्षेत्रीलाई उम्मेदवार बनाइएको छ ।
यता, जिल्लाको घोडाघोडी नगरपालिकाका केही वडामा सर्वसम्मतीले वडाध्यक्षका उम्मेदवारको टुंगो लगाइएको स्रोतले जनाएको छ ।
सो नगरपालिकाको वडा नम्बर ४ मा वीरबहादुर चौधरी, ५ मा पञ्चराम चौधरी, ६ मा रेवन्त खड्का र वडा नम्बर ८ मा भीमबहादुर बोगटीलाई वडाध्यक्षको उम्मेदवार चयन गरिएको छ ।
त्यस्तै, वडा नम्बर ९ मा हरिचन्द्र शाह, ११ मा राजकुमार कठरिया र वडा नम्बर १२ मा रामदुलारे चौधरीलाई उम्मेदवार चयन गरिएको जनाइएको छ ।
जिल्लाका सबै स्थानीय तहका (नगरपालिकाका प्रमुख र उपप्रमुख बाहेक) सबै पदको उम्मेदवारीको आज (बुधबार) अन्तिम टुंगो लाग्ने काँग्रेस जिल्ला सचिव दीपकराज जोशीले जानकारी दिए ।
लम्कीचुहा नगरपालिका र बर्दगोरियासहित अन्य केही स्थानीय तहका वडाध्यक्ष तथा सदस्यका उम्मेदवारको सोमबार नै टुंगो लगाइसकेको सचिव जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार