२१ बैशाख २०८१, शुक्रबार

काँग्रेस कार्यकर्तामाथि आक्रमण



लम्की । कैलालीको जानकी गाउँपालिकामा नेपाली काँग्रेसका कार्यकर्तामाथि आक्रमण भएको छ । आफ्नो वडामा काँग्रेसको प्रचारप्रसारमा गएको भन्दै नेकपा (एमाले)का तर्फबाट जानकी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्षका उम्मेदवार समेत रहेका खगेन्द्र भण्डारी र नृप भण्डारीले जवलपुरका काँग्रेसका कार्यकर्ता लोकबहादुर बडुवालमाथि हातपात गरेको जनाइएको छ ।
बडुवालका अनुसार जिल्ला समन्वयन समिति, कैलालीको जवालपुरदेखि अमौरासम्मको तीन किलोमिटर सडक ग्राभेल कार्यबारे उपभोक्ता समितिको बैठक बसिरहेको बेला बडुवालमाथि आक्रमण भएको थियो ।
खगेन्द्र र नृपले एक्कासी बडुवालमाथि आक्रमण गरेपछि त्यहाँ उपस्थित अन्यले रोकथाम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार