२३ बैशाख २०८१, आईतवार

कांग्रेसले लम्कीचुहा र बर्दगोरियमा वडाका उम्मेदवार छान्यो



लम्की । नेपाली कांग्रेसले जेष्ठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि कैलालीको लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका वडाध्यक्ष र सदस्य उम्मेदवार छनौट गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसमिति निर्णय र निर्देशनअनुसार यस क्षेत्रका क्षेत्रीय सभापति भक्तबहादुर थापाको अध्यक्षतामा आज बसेको बैठकको निर्णयअनुसार लम्कीचुहा नगरपालिका र बर्दगोरीया गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको हो ।
लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा ईश्वरीप्रसाद देवकोटा, वडा खुल्ला सदस्यमा मोहोन बुढाथोकी, कमनासिंह रावल, दलित महिला सदस्य विष्णा ढोली दमाई, महिला सदस्यमा सुशीला जैसी रेग्मीलाई उम्मेदवार चयन गरेको छ । वडा नम्बर २ को वडाध्यक्षमा विष्णुप्रसाद ढकाल, वडा खुल्ला सदस्यमा मयाराम धमाला, जनकबहादुर खत्री, दलित महिला सदस्यमा दीपा भूल, महिला सदस्य चरना शाही चयन भएको छ ।
यस्तै, वडा नम्बर ३ को वडाध्यक्षमा भक्तबहादुर चलाउने, वडा खुल्ला सदस्यमा प्रेमबहादुर चौधरी, दीपक शाही, दलित महिला सदस्यमा पार्वती वादी, महिला सदस्यमा दिलमाया थापामगर चयन भएका छन् ।
त्यस्तै, वडा नम्बर ४ को वडाध्यक्षमा भगिराम विष्ट, खुल्ला सदस्यमा सन्तलाल चौधरी, धर्म शाही, दलित महिला सदस्य यमूना विक सुनार र महिला सदस्यमा लीला प्रजापति चयन भएका छन् । वडा नम्बर ५ को वडाध्यक्षमा रनसिंह विक, खुल्ला सदस्यमा भक्तबहादुर बुढामगर, नरेन्द्रबहादुर बडुवाल, दलित महिला सदस्य तुलादेवी विक, महिला सदस्य धिर्जादेवी कार्की चयन भएका छन् ।
यसैगरी, वडा नम्बर ६ को वडाध्यक्षमा नेत्र सुनाखरी मगर, खुल्ला सदस्यमा कल्पना देउवा, महेश रावल, दलित महिला सदस्यमा आशा नेपाली, महिला सदस्यमा सोनादेवी चौधरी चयन भएका छन् । ७ को वडाध्यक्षमा कमल ढकाल, खुल्ला सदस्यमा गोपाल बम, जयरूप कोइराला, दलित महिला सदस्यमा लक्ष्मीदेवी भूल, महिला सदस्यमा कृष्णाकुमारी चौधरी चयन भएका छन् ।
वडा नम्बर ८ को वडाध्यक्षमा लीखराम चौधरी, खुल्ला सदस्यमा बमबहादुर विष्ट, विनिप्रसाद जैसी, दलित महिला सदस्यमा तारादेवी मिस्त्री, महिला सदस्यमा शान्तिदेवी महत्तो चयन भएका छन् । वडा नम्बर ९ को वडाध्यक्षमा खुशीराम चौधरी, खुल्ला सदस्यमा दीर्घसिंह बम, ताराप्रसाद तिमिल्सैना, दलित महिला सदस्यमा सरस्वती भूल, महिला सदस्यमा मीनादेवी चौधरी चयन भएका छन् ।
त्यस्तै, वडा नम्बर १० को वडाध्यक्षमा हर्कबहादुर कठरिया, खुल्ला सदस्यमा चन्नुराम डंगौरा, लक्ष्मण चौधरी, दलित महिला सदस्यमा हिमादेवी परियार र महिला सदस्यमा रेणु भुल भण्डारी चयन भएका छन् ।
यसैगरी, बर्दगोरिया गाउँपालिकाको प्रमुखमा बलिराम चोधरीलाई उम्मेदवार घोषणा गरेको छ भने उपप्रमुखमा ललिता भट्टलाई उम्मेदवार घोषणा गरेको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा बृजेश रावल, खुल्ला सदस्यमा रंगबहादुर शाही, गुलबदन चौधरी, दलित महिला सदस्यमा रूपा वादी र महिला सदस्यमा मुगा प्याकुरेललाई उम्मेदवार घोषणा गरेको छ ।
वडा नम्बर २ को वडाध्यक्षमा खडकबहादुर चौधरी, खुल्ला सदस्यमा भरथरी चौधरी, धनु डंगौराथारू, दलित महिला सदस्यमा गुमादेवी विक र महिला सदस्यमा निर्मला विक चयन भएका छन् । वडा नम्बर ३ को वडाध्यक्षमा टेकराज जोशी, खुल्ला सदस्यमा पहराम बुढाक्षेत्री, जगत अधिकारी, दलित महिला सदस्यमा आशा विक, महिला सदस्यमा दिला राणामगर चयन भएका छन् ।
त्यस्तै, वडा नम्बर ४ मा वडाध्यक्षमा मीनबहादुर बम, खुल्ला सदस्यमा सेनाबहादुर चौधरी, हर्कबहादुर साउँद, दलित महिला सदस्यमा नर्मादवी विक, महिला सदस्यमा उत्तरादेवी बम चयन भएका छन् । वडा नम्बर ५ को वडाध्यक्षमा श्यामाकुमारी चौधरी, खुल्ला सदस्यमा खडके भूल, गणेश चौधरी, दलित महिला सदस्यमा बेलुदेवी विक, महिला सदस्यमा बालकृष्णा चौधरीलाई चयन गरिएको छ ।
यसैगरी, वडा नम्बर ६ को वडाध्यक्षमा बुधराम चौधरी, खुल्ला सदस्यमा चित्रराज जोशी, सर्जुप्रसाद चौधरी, दलित महिला सदस्यमा नर्मीदेवी कामी, महिला सदस्यमा महेश्वरी चौधरीलाई उम्मेदवार घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार