२३ बैशाख २०८१, आईतवार

वडा नम्बर २ मा मतदाता शिक्षा



धनगढी । धनगढी उपमहानगरपालिका–२ मा शनिबार मतदाता शिक्षा कार्यक्रम भएको छ । जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी मतदाता शिक्षा कार्यक्रम गरिएको जनाइएको छ ।
यस क्रममा नमुना मतदान पनि गरिएको थियो । क्षेत्रीय निर्वाचन अधिृकत मोहनप्रसाद अर्याल, निर्वाचन कार्यालय कैलालीका अधिकृत प्रेम भट्टको उपस्थितिमा नमुना मतदान कार्यक्रम भएको थियो ।
१५ जना मतदाता सहभागी भएको नमुना मतदानमा तीन मत बदर भएको वडा सचिव हेमराज भण्डारीले बताए ।
वडा नागरिक मञ्चको आयोजनामा सो नमुना मतदान कार्यक्रम गरिएको थियो । क्षेत्रीय निर्वाचन अधिकृत अर्यालले वडा नम्बर २ मा छ जना निर्वाचन शिक्षा कार्यकर्ताले शनिबारदेखि घरघरमा पुगेर मतदाता शिक्षा दिइरहेको बताए ।
कार्यक्रममा राजनीतिक दलका नेता, कार्यकर्ता, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक सचेतना केन्द्रका पदाधिकारी तथा सदस्य तथा वडा नागरिक मञ्चका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार