२३ बैशाख २०८१, आईतवार

कांग्रेसद्वारा जनजाति परिचालन समिति



टीकापुर । स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले जनजाति परिचालन तथा समन्वय समिति गठन गरेको छ ।
शनिबार टीकापुरमा भएको एक भेलाले लोकबहादुर चौधरीको संयोजकत्व तथा मानबहादुर थारूको सहसंयोजकत्वमा समिति गठन गरिएको छ ।
सदस्यहरूमा बाबुराम चौधरी, भागिराम चौधरी, बद्रिनारायण चौधरी, शिरपाल चौधरी, सन्तराम चौधरी, जीतबहादुर चौधरी, वंशराम चौधरी र प्राकुंश चौधरी रहेका छन् ।
क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको अध्यक्षतामा भएको भेलामा महासमिति सदस्यहरू डाक्टर रणबहादुर रावल, फकिरसिंह कडायत र धर्मराज न्यौपाने, पूर्व महासमिति सदस्य जंगबहादुर साउँद, जिल्ला सहसचिव चीरञ्जीवी खनाल, जिल्ला सदस्य नवराज रावल, पूर्व क्षेत्रीय सभापति राजकुमार हमाल, शिक्षक प्यारुराम चौधरी, भागिराम चौधरी, बाबुराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत क्षेत्रीय सदस्य जोधीप्रशाद चौधरीले गरेका थिए भने सञ्चालन सचिव प्रकाश शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार