२३ बैशाख २०८१, आईतवार

सत्ती कर्णाली साप्ताहिक नवौ वर्षमा



टीकापुर ।  कैलालीको टीकापुर नगरपालिका नारायणपुरबाट प्रकाशित हुने सत्तीकर्णाली साप्ताहिक पत्रिका नवौं वर्षमा प्रवेश गरेको छ । पत्रिका नवौं वर्ष प्रवेशको उपलक्ष्यमा शनिबार कार्यक्रम गरेको छ ।
कार्यक्रमको नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद योगेश रावलले उद्घाटन गरे । कार्यक्रम पत्रिका सञ्चालन समितिका अध्यक्ष लालबहादुर रावलको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा केन्द्रीय पार्षद्हरू रावल, एकिन्द्र तिमिल्सिना, दुर्गा भण्डारी र गणेश चौधरी, पत्रकार महासंघका पूर्व उपाध्यक्ष भुवनेश्वर अधिकारी, पत्रकार महासंघ कैलालीका सदस्य भीम बिक, कालान्तर दैनिकका सम्पादक पदम सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा दुई जना पत्रकारलाई सम्मान गरियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा, पत्रिकाका पूर्व सम्पादक मानबहादुर ठकुल्लालाई सम्मान गरियो ।
प्रधान सम्पादक एलबी बुढाले सञ्चालन गरेको कार्यक्रममा सम्पादक सिर्जना भण्डारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार