११ श्रावण २०८१, शुक्रबार

स्थानीय तह निर्वाचन : कांग्रेसले शतक पुर्‍यो, एमाले आठ स्थानमा अगाडि



काठमाडौं । बैशाख ३१ गते भएको स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाअनुसार शनिबार राति ११ बजेसम्मको मतगणना परिणाम अनुसार नेकपा (एमाले) १०८ स्थानमा विजयी भएको छ भने नेपाली कांग्रेस १०० स्थानमा विजयी भएको छ ।
त्यस्तै, मतपरिणामअनुसार एमाले १४ स्थानमा अगाडि रहेको भने कांग्रेस ५ स्थानमा अगाडि रहेको छ ।
माओवादी केन्द्र भने ४६ मा सीमित रहेको छ । त्यस्तै, स्वतन्त्र ६ स्थानमा विजयी भएको छ भने राप्ररा १ स्थानमा विजयी भएको छ ।
शनिबारकै मतपरिणामअनुसार महानगरपालिकाको प्रमुखमा तीन स्थानमा एमाले अगाडि रहेको छ भने एक स्थानमा कांग्रेस अगाडि रहेको छ । एमाले काठमाडौं, भरतपुर, पोखरा महानगरपालिकामा अगाडि रहेको छ भने एमाले ललितपुरमा अगाडि रहेको छ ।
त्यस्तै, उपप्रमुखमा कांग्रेस तीन स्थानमा अगाडि रहेको छ भने एमाले एक स्थानमा अगाडि रहेको छ । काठमाडौं, ललितपुर, भरतपुर, महानगरपालिकाको उपप्रमुखमा अगाडि रहेको कांग्रेस पोखरामा भने एमाले अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार