१२ श्रावण २०८१, शनिबार

महिला उम्मेदवारलाई प्रशिक्षण



धनगढी । धनगढी उपमहानगरपालिकामा विभिन्न पदमा एमालेतर्फबाट महिला उम्मेदवारहरूका लागि शुक्रबार प्रशिक्षण कार्यक्रम भएको छ ।
अखिल नेपाल महिला संघ, कैलालीको आयोजनामा भएको कार्यक्रमको नेकपा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीले उद्घाटन गरेका थिए । कार्यक्रम संघका जिल्ला अध्यक्ष गीता सोडारीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा एमाले प्रदेश कमिटीका सदस्य शारदा भट्ट, जिल्ला सचिव रणबहादुर चन्द, धनगढी उपमहानगरपालिकामा एमालेका मेयर तथा उपमेयरका आकांक्षीहरू यज्ञराज बास्तोला, दुर्गाप्रसाद जोशी, कलावती जोशी, सुशीला बुढाथोकी र छाया थापा, जिल्ला सदस्य दिर्घ जोशी, प्रेश चौतारीका केन्द्रिय सचिव हेमकर्ण विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अखिल नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष कोइलीदेवी चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुशील बुढाथोकीले गरेकी थिईन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका १९ वटा वडाका महिलाहरूको उपस्थिति रहेको थियो ।
सोही अवसरमा नेकपा माओवादी केन्द्रकी क्षेत्र नम्बर ६ की क्षेत्रीय अध्यक्ष सरस्वती चन्द लगायत २६ जना एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार