१२ श्रावण २०८१, शनिबार

कांग्रेस, माओवादी र राप्रपाको विरोधपछि भरतपुरमा मतगणना स्थगित



भरतपुर । मतगणनामा तलमाथि गरिएको आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र र राप्रपाका कार्यकर्ताले मत गणनास्थल बाहिर नाराबाजी गरेपछि भरतपुरमा मतगणना स्थगित भएको छ ।
उनीहरुले सदर र बदर मतको संख्या सार्वजनिक नगरिएको, तथ्यांक सार्वजनिक गर्दा तलमाथि गरेको आरोप निर्वाचन अधिकृतमाथि लगाएका छन् ।
माओवादी कार्यकर्ताले ९ नम्बर वडाको सुरुवाती मत गन्दा रेणु दाहालले अग्रता लिएपनि पछि मत तलमाथि गरिएको आरोप लगाएका छन् ।
माओवादी कार्यकर्ताले अहिले मतगणना स्थलबाहिर नाराबाजी गरिरहेका छन् । आधा घण्टादेखि भरतपुरको मतगणना स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार