२३ बैशाख २०८१, आईतवार

स्थानीय तह निर्वाचन : निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया



धनगढी । दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता लगायतका विषयमा सरोकारवाला पक्षहरूसंग अन्तरक्रिया भइरहेको छ ।
यसक्रममा बिहीबार धनगढीमा ‘निर्वाचन आचारसंहिता, स्थानीय तहको संरचना तथा व्यवस्थापन सम्बन्धमा विभिन्न राजनीतिक दलसंग अन्तरक्रिया भएको छ ।
परिवर्तनका लागि कार्यरत युवा समुह (याक) नेपालले आयोजना गरेको सो कार्यक्रममा क्षेत्रीय निर्वाचन कार्यायलका प्रमुख निर्वाचन अधिकृत मोहनप्रसाद अर्यालले निर्वाचनको तयारी र निर्वाचन आचार संहिता बारे जानकारी गराएका थिए ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालयका सहसचिव अरुण रेग्मीले स्थानीय तहको संरचना, कामकर्तव्य र अधिकार तथा निर्वाचित जनप्रतिनिधिको भूमिकाबारे चर्चा गरेका थिए ।
सो अवसरमा याक नेपालका अध्यक्ष भागरथी सिंहले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार