२३ बैशाख २०८१, आईतवार

चरेशसहित एक पक्राउ



धनगढी । कैलालीको गोदावरी नगरपालिकाबाट लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन् ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको क्षेत्रीय अनुसन्धान समुह (आरआईटी) टोलीले डडेल्धुरा आलीतालका ४० वर्षीय वीरबहादुर बमलाई लागु औषधसहित पक्राउ गरेको जनाइएको छ ।
टोलीले गोप्य सुचनाको आधारमा वीरवहादुरको झोला चेकजाँच गर्ने क्रममा एक किलो पाँच सय ग्राम चरेश बरामद गरेको कैलालीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
चरेश सहित बमलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार