२३ बैशाख २०८१, आईतवार

चुनावी गतिविधि : एमालेको घरदैलो



धनगढी । नेकपा एमाले बर्दगोरीया गाउपालिकाले घरदैलो कार्यक्रम जारी राखेको छ ।
यस क्रममा बिहीबार बर्दगोरीया गाउपालिकाको वडा नम्बर ६ को जगतपुर र पृथ्वीपुर तथा वडा नम्बर ४ को नौनिया र निमुवाबोझीमा घरदैलो कार्यक्रम भएको छ ।
घरदैलो कार्यक्रममा बर्दगोरीया गाउपालिकाको अध्यक्ष पदका लागि एमालेका उम्मेदवार कर्ण कुँवर, उपाध्यक्ष पदकी उम्मेदवार सावित्रा सापकोटा, वडा नम्बर ६ को अध्यक्ष पदका उम्मेदवार राजेन्द्र बोहरा, वडा नम्बर ४ का उम्मेदवार महाविर साउद, ५ नम्बरका उम्मेदवार बाबुजी कठरीया लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार