२३ बैशाख २०८१, आईतवार

मेयर र गाउँपालिका प्रमुखलाई कसले सपथ खुवाउँछ ?



काठमाडौं । स्थानीय तहको चुनावमा निर्वाचित पदाधिकारीहरूले कोसँग कसरी सपथ खालान् ? पहिलो निर्वाचनको परिणाम धमाधम आइरहँदा धेरैमा यसबारे चासो र द्विविधा छ ।
स्थानीय तह निर्वाचन नियमावली अनुसार स्थानीय तहका पदाधिकारीले निर्वाचित भएको तीन दिनभित्र सपथ खाने व्यवस्था छ । निर्वाचन अधिकृतले निर्वाचित भएको प्रमाणपत्र दिएको मितिलाई निर्वाचित भएको मिति मानिनेछ ।
ती पदाधिकारीहरूलाई सपथ खुवाउन कानुनको अभाव भएपछि निर्वाचन आयोगले आदेश मार्फत सपथ खुवाउने व्यवस्था गरेको छ ।

 

कसले कसरी खुवाउँछ सपथ ?
निर्वाचन आयोगले पदाधिकारीलाई स्थानीय तहमै सपथ खुवाउने व्यवस्था गरेको छ । अब हरेक स्थानीय तहका पदाधिकारीले निर्वाचन अधिकृतसँगै सपथ खाने छन् । धेरै पदाधिकारीले सपथ खाइसकेको स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए ।
थपलियाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुख तथा मेयर र उपमेयरलाई निर्वाचन अधिकृतले सपथ खुवाउने छन् ।
वडा अध्यक्षहरूलाई पनि निर्वाचन अधिकृतले नै सपथ खुवाउने व्यवस्था आयोगले गरेको छ ।
वडा सदस्यहरुलाई भने सम्वन्धित वडाध्यक्षले सपथ खुवाउने व्यवस्था गरेको छ । वडा सदस्यहरुले वडाभित्र मात्रै काम गर्ने भएकाले वडाअध्यक्षसँगै सपथ लिने व्यवस्था गरेको सचिव थपलियाले बताए ।

(अनलाइनबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार