५ कार्तिक २०८१, सोमबार

नदी कटान नियन्त्रणका लागि तटबन्ध



धनगढी । कैलालीमा निर्माणाधीन हुलाकी सडकमा पर्ने मोहना नदी कटानलाई नियन्त्रण गर्न तटबन्ध निर्माण कार्य अघि बढाइएको छ ।
नदी कटानको उच्च जोखिममा रहेको हुलाकी सडक अन्तर्गत हसुलियाको भितरियामा तटबन्ध निर्माण कार्य शुरु भएको छ ।
हुलाकी सडकको सो खण्ड मोहना नदीबाट करिब तीन सय मिटर टाढा रहेको छ ।
हुलाकी सडक निर्माण आयोजना, धनगढीका प्रमुख तुरन्त मण्डलले सडकको सुरक्षाका लागि टेण्डरमार्फत तटबन्धको कार्य शुरु गरिउको बताए । उनले तटबन्ध निर्माणको लागि सरकारले एक करोड ४५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिए ।
उनले तटबन्धको काम वर्षायाम शुरु हुन अगावै पुरा भइसक्ने बताए । उनले जेठ मसान्तभित्रै दुई सय ५० मिटर तटबन्ध निर्माण हुने बताए ।
भितरिया गाउँदेखि पुर्वसम्म करिब एक किलोमिटर सडक नदी कटानको जोखिममा रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार