११ श्रावण २०८१, शुक्रबार

शवदहन घाट निर्माण



कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५, झिल्मीला, बावन्नी नदी किनारमा शवदहन घाट निर्माण भइरहेको छ ।
गाउँपालिकाको लक्षित समूह कार्यक्रमको रकमबाट सो घाट निर्माण भइरहेको जनाइएको छ ।
घाट निर्माण समितिका अध्यक्ष छविलाल सेजवालले सो कार्यका लागि गाउँपरिषद्बाट एक लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार