१९ बैशाख २०८१, बुधबार

तेस्रोलिंगीप्रति घृणा विरुद्धको दिवस



धनगढी । अन्तर्राष्ट्रिय समलिंगी तथा तेस्रोलिंगीहरूप्रति घृणा विरुद्धको दिवसका अवसरमा बुधबार चेतनामूलक साहित्यिक कार्यक्रम भएको छ ।
निलहिरा समाजको सहयोगमा सुुदूरपश्चिम समाज धनगढीले कार्यक्रम गरेको थियो ।
कार्यक्रममा संयोजक राजुु लामाले एक सय २० भन्दा बढी देशमा मे १७ का दिन अन्तर्राष्ट्रिय समलिंगी तथा तेस्रो लिंगीहरूप्रति घृणा विरुद्धको दिवसका रूपमा मनाउँदै आइरहेको बताए ।
सुुदूरपश्चिम समाजकी करुणा नेपालले महिला र पुुरुष जस्तै तेस्रोलिंगी तथा समलिंगी फरक पहिचान भएका व्यक्ति भएकाले समाजमा सम्मानका साथ बाँच्न पाउने अधिकार रहेको चर्चा गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार