१९ बैशाख २०८१, बुधबार

चुनावी गतिविधि : कैलारीमा काँग्रेसको वडा भेला



धनगढी । चुनावी प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसले बुधबार कैलारी गाउँपालिका वडा नम्बर १, बिसनपुरमा वडा भेला तथा चुनावी सभा गरेको छ ।
वडा भेलाको नेपाली काँग्रेस धनगढी नगर समिति सभापति नृपबहादुर वडले एक समारोहबीच उद्घाटन गरे ।
सो अवसरमा काँग्रेस नेता रामचरण चौधरी, जिल्ला सदस्यद्वय केशवराज मिश्र तथा राजेश चौधरी, कैलारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवारका आकांक्षी रामसमझ चौधरी, कैलाली गाउँसमिति संयोजक कृष्ण चौधरी, नेविसंंघका जिल्ला सदस्य दीपेन्द्र सिंह, गाउँपालिका तथा वडाध्यक्ष र सदस्यका उम्मेदवारका आकांक्षी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेला कैलाली गाउँपालिका वडा नम्बर १ का संयोजक बिष्णु चौधरीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार