१९ बैशाख २०८१, बुधबार

काठमाडौं जिल्लाको पहिलो मेयरमा एमालेका सुवर्ण श्रेष्ठ विजयी



काठमाडौं । काठमाडौं जिल्लाको नगरपालिकाको पहिलो मेयरमा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका छन्। शंखरापुर नगरपालिकाको मेयरमा श्रेष्ठ विजयी भएका हुन्। उनले ४८३३ मत ल्याएर कांग्रेसका शंकर तिवारीलाई हराएका हुन्। तिवारीले २९५० मत ल्याए।
यस्तै तेस्रो स्थानमा रहेको माओवादीका कृष्णराज सुवेदीले २४३७ मत ल्याए। यस्तै उपमेयरमा एमालेकी शुक्रलक्ष्मी श्रेष्ठले ४५०१मतसहित विजयी भइन्। उनले कांग्रेसकी मञ्जु खड्कालाई हराइन्। उनले २९११मत पाइन्। एमालेले ९ मध्ये ५ वटा वडामा वडाध्यक्षसमेत विजयी भएका छन्।

-सेतोपाटी अनलाइन

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार