६ कार्तिक २०८१, मंगलवार

नगरपालिकाको पहिलो नतिजा : ठूलीभेरी नगरपालिकामा एमालेका मेयर



काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेका गणेशबहादुर शाही निर्वाचित भएका छन् । उनले १४८३ मत पाएर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका सुवर्ण बुढाले १३६२ मत पाए ।
उपमेयरमा राप्रपाका योगन्द्रबहादुर शाही निर्वाचित भए । उनले १३२४ मत पाए भने माओवादीकी लक्ष्मी कार्कीले ११८४ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार