१२ श्रावण २०८१, शनिबार

अजिंगरको छालासहित पक्राउ



धनगढी । कैलालीको धनगढीमा प्रहरीले एकजना युवकलाई अजिंगरको छालासहित पक्राउ गरेको छ ।
प्रहरीले धनगढी उपमहानगरपालिका–१७ का सन्तोष घर्तीमगरलाई अजिंगरको छालासहित धनगढी–४, कर्णाली बसपार्क नजिकबाट पक्राउ गरेको जनाएको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान टोलीले विशेष सुराकीका आधारमा सन्तोषलाई १२ फिट लम्बाई र एक फिट दुई ईन्च चौडाईको अजिंगरको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले सोमबार जानकारी दिएको छ ।
बरामद अजिगंरको छालासहित अभियुक्तलाई थप कारबाहीका लागि जिल्ला वन कार्यालय, कैलालीलाई बुझाइएको प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार