६ कार्तिक २०८१, मंगलवार

स्रोतसाधनमा सीमान्तकृत समुदायको पहुँचबारे अन्तरक्रिया



चौमाला । स्थानीय स्रोतसाधन र सेवासुविधामा सीमान्तकृत समुदायको पहुँचबारे छलफल गर्न सोमबार कैलालीको गौरीगंगा नगरपालिका, चौमालामा अन्तक्र्रिया भएको छ ।
फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजनाअन्तर्गत आयोजित सो कार्यक्रममा सीमान्तकृत समुदायलाई खाद्यअधिकार, खाद्य सुरक्षा र लक्षित समूह कार्यक्रमबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा गौरीगंगा नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज विनाडीले चौमालामा खाद्य अधिकार तथा खाद्य सुरक्षाको अवस्थाबारे चर्चा गरेका थिए । त्यस्तै उनले चालू आर्थिक वर्षमा चौमालाका लागि लक्षित समूह कार्यक्रमको बजेट तथा कार्यक्रमबारे जानकारी दिएका थिए ।
कार्यक्रममा भूमिअधिकार मञ्चका प्रतिनिधि मानबहादुर नेपाली, मुक्त हलिया समाजकी उपाध्यक्ष टिका नेपाली, वडा नागरिक मञ्चकी संयोजक सुन्दीरा चौधरी, दलित महिला संजालकी अध्यक्ष सुमन शिलाधर, किसान महासंघकी उपाध्यक्ष सुनिता जैरुलगायतले जिज्ञासा तथा टिप्पणी गरेका थिए ।
कार्यक्रम किसान महासंघका अध्यक्ष शोभा विकको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार