१२ श्रावण २०८१, शनिबार

भैरवी गाउँपालिकामा एमाले-कांग्रेसबीच झडप हुँदा मतदान स्थगित



दैलेख । एमाले र कांग्रेस कार्यकर्ताको झडपका कारण डोक्रा मष्टमाण्डव मतदान केन्द्रमा कार्य स्थगित गरी दलहरुको छलफल चलिरहेको छ । एमाले गाँउ पालिकाका अध्यक्ष प्रेमबहादुर बढा सहितको टोलिले हिजो साँझ बाएक र्‍याली गरेका भन्दै काग्रेस र एमालेका नेता विच झडप सुरु भएको थियो सोही कुरालई जोडेर आज सम्म तनाव ग्रस्त भएको हो ।
जिल्लका अधिकांश स्थानमा मतदान सुरु भएपनि भैरवी गाउपालिकाको डोक्रा मष्टमाण्डव मतदान केन्द्रमा अहिले सम्म दतदान सुरु हुन नस्कदा स्थानिय बासिहरु भोक,भोकै मतदान केन्द्रमा बसेको स्थानियहरुले बताए । झडप भएपछि उक्त केन्द्रको मतदान कार्य भने ५ घण्टा देखि रोकिएको हो । १ जनाले मतदान गरे लगत्तै कार्य स्थगित भएको हो ।
अहिले भने सर्वदलिय बैठक भएको भैरवी गाउपालिकाका रामबहादुर थापाले बताए । दैलेलखका अन्य मतदान केन्द्रमा ६० प्रतिशत भन्दा बढी मतदान भइसकेको छ ।
– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार