१६ बैशाख २०८१, आईतवार

वडा कार्यालय गलत ठाउँमा राखेको भन्दै विरोध



धनगढी । धनगढी उपमहानगरपालिका–६ को वडा कार्यालय अपायक ठाउँमा राखेको भन्दै जाली गाउँका जनताले बिरोध जनाएका छन् ।
धनगढी नगरपालीकाले वडा नम्बर ६ को वडा कार्यालय मटियारीमा राख्ने निर्णय गरेको छ । शनिबार जाली गाउँ क्षेत्रका बुद्धिजिवी, राजनीतिक दल, भलमन्सा र गाउँलेको भेलाले सोको विरोध गरेको छ । उनीहरुले एकलौटी ढंगले पहुचका आधारमा वडा कार्यालय कुनामा लगेको भन्दै विरोध गरे ।
शनिबार जालीमा भएको भेलाले आईतबार नगरपालीका घेराउ गर्ने निर्णय समेत गरेको छ । उपमहानगरपालिकाले सूचना प्रकाशित गरी वडा नम्बर ६ को सबैको पायक पर्ने स्थान बासुदेवी उच्च मावि आसपासका कार्यालय संंचालनका लागि घर भाडामा माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार