१६ बैशाख २०८१, आईतवार

गोपालराजु इन्डो–नेपाल कराते प्रतियोगिता हुने



धनगढी । कराते खेलाडीद्वय गोपाल खड्का र राजु लामाको स्मृतिमा नवौं गोपालराजु इन्डो–नेपाल कराते प्रतियोगिता धनगढीमा हुने भएको छ ।
सुदूरपश्चिमांञ्चल गोजुरियो कराते दो संघ तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आगामी जेठको दोस्रो साता धनगढीमा सो प्रतियोगिता हुने जनाइएको छ ।
प्रतियोगिताका संयोजक प्रकाश चन्दका अनुसार प्रतियोगितामा नेपालका दुई सय र भारतका एक सय खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगितामा विभिन्न तौल समूह गरी ४१ स्वर्ण, ४१ रजत र ८२ काँस्य पदकका प्रतिस्पर्धा हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार