१७ बैशाख २०८१, सोमबार

मोटरसाइकल दुर्घटनामा मृत्यु



धनगढी । मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–७ बस्ने १९ वर्षिय मिलन रावलको दुर्घटना मृत्यु भएका हो । सो दुर्घटनामा जयपृथ्वी नगरपालिका–४ बस्ने २३ वर्षिय पवन छत्याल घाइते भएका छन् ।
गोदावरी नगरपालिका–१ स्थित पुर्व पश्चिम राजमार्गमा हरिराम चौधरीले चलाएको से १ त १४०९ नम्बरको टयाक्टरले विपरित दिशाबाट आई रहेको से ४ प ४४८६ नम्बरको मोटर साईकललाई ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट घाईते भएका दुबै जनालाई अस्पताल ल्याउने क्रममा बाटोमै रावलको मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार