११ श्रावण २०८१, शुक्रबार

फूलवारीमा फुटबल प्रतियोगिता शुरु



धनगढी । २५६१ औं बुद्ध जयन्तीको आवसरमा धनगढी उपमहानगरपालिका–१४, फूलवारीस्थित न्यू बुद्ध स्पोर्टस युवा क्लवको आयोजनामा शुक्रबारबाट फुटबल प्रतियोगिता शुरु भएको छ ।
शुक्रबार भएको खेलमा सूर्यचन्द युवा क्लव बेलीले नेपाल प्रहरीलाई १–० ले पराजित गरेको छ ।
१५ वटा टीम सहभागी रहेको प्रतियोगितामा प्रथमलाई ५० हजार र दोस्रोलाई २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, अगामी जेठ ४ गते राति रात्रिकालीन पेनाल्टी सुटआउट प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ । सुटआउट प्रतियोगितामा प्रथमले २० हजार र दोस्रोले १० हजार पुरस्कार पाउने छ ।
यसअघि फेकोफन अध्यक्ष यादव भण्डारी र सशस्त्र सीमा सुरक्षा बलका इञ्चार्ज शैलेन्द्र चैसेले संयुक्त रूपमा खेलको उद्घाटन गरेका थिए । कार्यक्रममा क्लवका अध्यक्ष गोले तामङको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार