४ आश्विन २०८१, शुक्रबार

पिएफए भेट्रान कप क्रिकेट हुँदै



अत्तरिया । कैलालीको अत्तरियामा आगामी जेठमा पिएफए भेट्रान कप क्रिकेट आयोजना हुने भएको छ । अत्तरियामा केही भरखरै महिला टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो ।
प्ले फर स्पोर्ट्स क्लव, अत्तरियाको आयोजनामा जेठ ५ गतेदेखि १५ गतेसम्म भेट्रान कप हुने क्लवका अध्यक्ष सन्तोष भट्टले बताए ।
प्रतियोगितामा धनगढी, महेन्द्रनगर, गुलरिया, टीकापुर, लालबोझी, डडेल्धुरा लगायतका स्थानसहित १६ टिमको सहभागिता रहने उनले बताए ।
आयोजक क्लवका अनुसार प्रतियोगिताको विजेताले एक लाख ५१ हजार तथा उपविजेताले ७५ हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र म्यान अफ द सिरिजले १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताका खेल संयोजक प्रेम अवस्थीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार प्रतियोगितामा २९ वर्षभन्दा माथि उमेर समूहका खेलाडी मात्र सहभागी बन्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार