४ आश्विन २०८१, शुक्रबार

धनगढीमा कसैसँग तालमेल हुँदैन : कांग्रेस



धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ६ ले स्थानीय तहको चुनावमा धनगढी उपमहानगरपालिकमा कुनै पनि दलसँग तालमेल नहुने जनाएको छ ।
क्षेत्र नम्बर ६ को धनगगढी उपमहानगरपालिकाको मेयर, उपमेयर, वार्ड अध्यक्ष र सदस्य कुनै पनि पदमा कुनै पनि दलसँग हाम्रो चुनावी तालमेल हुँदैन, त्यसैले भ्रममा नपर्न कांग्रेसका कार्यकर्ता र नगरवासीलाई जानकारी गराइन्छ क्षेत्रीय अध्यक्ष हरिश खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बुधबार बसेको क्षेत्रीय कार्य समितिको बैठकले कुनै पनि दलसंग तालमेल गर्न नहुने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ । बैठकमा १९ वडाका वडा अध्यक्षलाई आमन्त्रण गरिएको विज्ञप्तिमा जनाइएको छ ।
यद्यपि यसअघि कांग्रेस नेता रमेश लेखक र माओवादी केन्द्रका नेता लेखराज भट्टबीच सात नम्बर प्रदेशका ८८ वटै तहमा तालमेल हुने सहमति भएको चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार