४ आश्विन २०८१, शुक्रबार

डडेलधुराका कांग्रेस नेता एमालेमा



जोगबुढा (डडेल्धुरा) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका स्थानीय प्रभावशाली कांग्रेस नेता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
बिहीबार परशुराम नगरपालिका अन्तर्गतको जोगबुढामा आयोजित कार्यक्रममा कांग्रेसका वहालवाला नगर सभापति तारीसिंह बोहरा एमाले प्रवेश गरेका हुन् ।
कांग्रेसको जिल्ला उपसभापति, महाधिवेशन प्रतिनिधि र ०४९ तथा ०५४ मा तत्कालीन शीर्ष गाविसका अध्यक्ष भइसकेका बोहरा स्थानीय तहको चुनावमा कांग्रेसका सम्भावित टिकट वितरण कार्यसँग असन्तुष्ट भएर एमाले प्रवेश गरेका हुुन् ।
कांग्रेसले परशुराम नगरपालिका कांग्रेस नेता तथा व्यवसायी भीमबहादुर साउँदलाई मेयरका रूपमा अघि सारेको छ ।
०४३ सालमा प्रधानपञ्च भएका बोहरा माध्यामिक विद्यालयका प्रधानाध्यपाक समेत भइसकेको बताइन्छ । उनलाई एमालेले मेयरमै उठाउने चर्चा छ ।
बोहरलाई प्रवेश गराउन एमालेका पोलिटब्यूरो सदस्य वेदराम भुषाल, केन्द्रीय सदस्य रामकुमार ज्ञवाली, जिल्ला अध्यक्ष डा. तारा जोशी लगायतका नेताहरू जोगबुढा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार