४ जेष्ठ २०८१, शुक्रबार

घोडाघोडीमा एमालेको अभिमुखीकरण



सुखड । नेकपा (एमाले) घोडाघोडी नगरकमिटीको आयोजनामा बिहीबार सुखड्मा स्थानीय निर्वाचनसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।
कार्यक्रममार्फत पार्टीले घोडाघोडी नगरपालिकाका सम्पूर्ण उम्मेदवारलाई एकै स्थानमा पहिलो पटक उभ्याएको नगर कमिटी सचिव मेघजंग शाहीले बताए ।
कार्यक्रममा एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार ममताप्रसाद चौधरी र उपप्रमुख प्रेमकुमारी थापा, जिल्ला सचिव रणबहादुर चन्द, जिल्ला सदस्य मनराज शाही, विष्णु चौधरी, जयनारायण जोशी, केवललाल चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा लक्ष्मी चौधरीले स्वागत गरेका थिए ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रदेश नम्बर ७ का सचिव महेश्वर पाठकले उद्घाटन गरेको कार्यक्रम नगर संगठन कमिटीका संयोजक खड्क रावतको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार